kailali

Saturday 1 September 2012

एक दिनको सुटिङमा उनी उपस्थित भएकी थिईन् तर विविध कारणले अचानक सुटिङ रोकिएपछि करिश्मा मानन्धरले स्कुल छाडिन् जुन फिल्मको सुटिङ आजबाट पुनः सुरु भएको छ ।

कुनै समयका चर्चित अभिनेता विश्व बस्नेतले निर्देशन गर्ने 'स्कुल' फिल्मको सम्पूर्ण सुटिङ राजधानीका दुईवटा स्कुल-स्कुलमा हुनेछ । सुटिङ रोएिपछि अमेरिका जाने कारण देखाउदै करिश्माले सो फिल्म नगर्ने बताएपछि प्रोडक्सन टिमले उक्त स्थानमा सुस्मिता बम्जनलाई अनुबन्धन गर्दै आजबाट सुटिङ सुरु गरेको हो । म तिमी विना मरिहाल्छुमा सैनिक अधिकृतको सानो भूमिकामा देखिएकी सुस्मिताको लागि यो रोल 'त तँ साहै बिग्रिस नि बद्री' को जस्तै स्ट्रङ रहेको स्कुल टिमले जनाएको छ । दश बर्ष लगाएर लेखिएको स्कुलको ८० प्रतिशत स्क्रिप्ट अंग्रेजीमा लेखिएको छ ।

'कन्यादानमा गौरी मल्लको रोल जस्तै रहेकाले म एक दमै खुशी छु', फिल्मको स्क्रिप्ट पढेर सुस्मिताले भनिन् । यस अघि सुर्दशन थापाको फिल्म धन्दामा करिश्मा मानन्धर लिने भनिएको थियो तर अन्तिम समयमा करिश्माले फिल्म नखेल्ने बताएपछि त्यो रोल पनि सुस्मितालाई अफर गरिएको थियो तर सुस्मिताले पनि धन्दाका केही दृश्यहरु दिन नसक्ने बताएपछि उनले पनि धन्दा गरिनन् ।

फिल्म निर्देशनको तयारीमा समेत रहेकी सुस्मिता फिल्ममा जुनियर क्लाश टिचरको भूमिकामा देखिने छिन् । उनीसंगै प्रिन्सिपलको रोलमा नीर शाह तथा टिचरको रोलमा विएस राणा र विजय लामा पनि देखिने छन् । यसैगरी गेष्ट रोलमा शिव श्रेष्ठ, कल्याण घिमिरे, श्रृजना बस्नेत पनि देखिने छिन् । पहिलो पुस्ताका हिरो विश्व बस्नेतले झण्डै सात बर्ष पश्चात फिल्म निर्देशन गरेका हुन् । छवि ओझाको फिल्म नाताबाट फिल्मी निर्देशनमा डेब्यू हानेका बस्नतले 'एकादेशमा' र सात बर्षअघि 'यस्तै रहेछ जिन्दगी' टाईटलमा फिल्म निर्देशन गरेका थिए ।

२०६२ सालको राष्ट्रिय अवार्डमा 'यस्तै रहेछ जिन्दगी' ले ६ वटा अवार्ड जितेको थियो । 'संसारमा अध्यात्म र मनोरञ्जनलाई एकै साथ राखेर हेरिदैन । तर यो फिल्मले यी दुई ध्रुबलाई एक साथ प्रस्तुत गर्न लागिएको छ', निर्देशक बस्नेतले फिल्मको स्क्रिप्ट तर्फ ध्यान खिच्दै भने । बस्नेतले सवैसंग घुलमिल हुन नसक्ने आफ्नो कारणले फिल्म निर्देशन गर्न प्रस्ताव नगर्दा स्कुलको स्क्रिप्ट २५ औं पटक रिराईट गरिएको बताए । फाईनल स्क्रिप्टमा २५ औं अंक भनि लेखिएको छ जसमा स-साना कुरामा पनि ध्यान दिदै स्क्रिप्ट तयार गरिएको उनले बताएका छन् । उनका अनुसार बिषयबस्तुको हिसावले यो फिल्म त्यस्तो फिल्म बन्ने छ जुन अहिले सम्म कुनै मुलुकमा बनेको छैन ।

यस्तै निर्देशक बस्नेतले सिमित बजेटका कारण ईएक्स थ्री क्यामेराले फिल्म खिच्ने बताए । उनले भने, '२५ लाख बढी पैसा हामीसंग छैन त्यसैले कन्टेन र कन्सेप्ट यति राम्रो हुँदा हुँदै क्यामेरामा कम्प्रमाईज गरेका छौ ।' उनले आफ्ना दुई साथीसंगको सहयोगमा यो फिल्म बनाउन सुरु गरेका हुन् । फिल्मलाई राजु थापाले खिच्ने छन् भने संगीत रञ्जित गजमेर तथा भुपेन्द्र रायमाझीले भरेका छन् । डिभाईन लाईट मुभिजको ब्यानरमा बन्ने यो फिल्ममा बस्नेतलाई कास्टिङ तथा लाईन डाईरेक्टरको रुपमा गोविन्द धिमालले सहयोग गरेका छन् । चन्द्र पन्तको द्धन्द रहने यो फिल्ममा धिरेन्द्र राज थापा खलपात्रको रूपमा देखिंदैछन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र १६, शनिवार

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment