kailali

Saturday 6 October 2012

ऐश्वर्या र कटरिनाबीच जम्काभेट, तैँ चुप-मैँ चुप

लिउड अभिनेत्री ऐश्वर्या राय र कटरिना कैफबीच न त शत्रु, न त मित्रको सम्बन्ध छ भन्ने सायद सबैलाई थाहा भएकै कुरा हो । यी दुइ जनाले न त एक अर्काको तारिफ नै गर्छन् न बद्ख्वाइँ । एक अर्काबाट उम्किने प्रयास गर्दै आएका छन् यी दुइ अभिनेत्री । यिनीहरु किन यसो गर्छन् – भन्ने कुराको ठ्याक्कै जवाफ छैन । तर सलमान खानका भूतपूर्व प्रेमिकाको रुपमा रहेका दुबै जनाबीचको यस्तो तीतो सम्बन्धको कारण उनै सलमान हुन् भन्ने कुराको लख काट्न गाह्रो छैन ।
यद्यपि सलमान सँगको यी दुइको प्रेम अहिले इतिहास बनिसकेको छ, तथापि यी दुइ हिरोइनबीचको रिसिइबी अझै मथ्थर भैसकेको रहेनछ । उनीहरुको अहिलेसम्म पनि बोलचाल रहेनछ भन्ने कुरा अमेरिकाको हालैको घटनाले देखाएको छ ।
बलिउड फिल्म धूम थ्री को शुटिङका दौरान जम्काभेट हुँदा समेत यी दुइ अभिनेत्री बोलचाल गरेनन् । शिकागोको शुटिङ स्थलमा केट र ऐश आमनेसामने भए, तर चुँ बोलेनन् आँखा जुधाए, मुस्काए र आ आफ्नो बाटो लागे ।
स्मरण रहोस् धूम थ्री मा ऐश्वर्याका पति अभिषेकले कटरिनाको हिरोको भूमिका निर्वाह गरेका छन् । श्रीमान अभिनेता रहेको धूम थ्री को शुटिङ स्थलमा ऐश्वर्या पनि पुगेकी थिइन्, जहाँ उनको कटरिना सँग भेट भएको हो । त्यहाँ कटरिनालाई पनि देखेपछि ऐश्वर्या अकमक भइन्, कटरिनासँग आँखा जुधाइन् मात्र । अनी श्रीमान अभिषेकलाई भेटेर त्यहाँबाट निस्किहालिन् ।

तपाइको मत


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment