kailali

Saturday 6 October 2012

कस्तो अचम्म!!!मालिक अस्पताल भएको थाहा पाएपछी रुदै रुदै भेट्न गयो कुकुर



असोज, एजेन्सी । एक कुकुरले आफ्नो अस्पतालमा रहेका मालिकलाई भेट्नका लागी लागी २ माईलको दूरी पार गरेको छ । झट्ट सुन्दा आश्चर्य लाग्ने यो घटना न्युयोर्कको हो ।
मालिकको उपचार भइरहेको अस्पतालमा मालिकलाई भेट्नका लागी उक्त कुकुरले न्युयोर्कको व्यस्त सडक पार गर्नुका साथै २ माइल हिडेको थियो ।
कुकुरकी मालिक्नीले बताए अनुसार जबदेखी कुकुरका मालिक जोन डोलान अस्पतालमा भर्ना भएका थिए तबदेखी नै उक्त कुकुर रुने तथा कराउने गर्ने गरेको बताएकी छिन् । कुकुरकी मालिक्नी पनि कुकुर उक्त अस्पतालमा पुगेकोमा अचम्मित भएकी थिइन् । कुकुरलाई कुन अस्पतालमा उसको मालिकलाई राखीएको छ र अस्पताल कुन ठाउँमा  पर्छ भन्ने कुरा थाहा नभएको बताएकी छिन् ।
कुकुरका मालिक डोलानले कुकुर नै आफ्नो लागी सबथोक भएको र उक्त कुकुर आफ्नो सन्तान बराबर भएको बताएका छन् । डोलानको जोडीको कुनै सन्तान छैनन् ।
यो कुकुरले फेरी एकपटक कुकुरको माया र इमान्दारितालाई देखाएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment