kailali

Tuesday 10 April 2012

श्रीमतीको लिंग जाँच्न अदालतमा !

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

आखिर दम्पतीको बीचमा अविश्वास उत्पन्न भएपछि त्यसले कस्तो रुप लिन्छ भन्ने कुरा मलेसियाको एक घटनाले प्रष्टै पारेको छ । मलेसियाका एक पुरुषले विवाहको एक वर्षपछि आफ्नी श्रीमती महिला नभएर पुरष भएको भन्दै अदालतमा पुगेका छन् ।

मलेसियाको साइन्स इस्लाम विश्वविद्यालयका पूर्व डिन समेत रहेका ६१ वर्षका डाक्टर बारोम सानुगी आफ्नी श्रीमती श्री वानी चू अब्दुल्लाह महिला नभएको भन्दै क्वालालाम्पुरको सरिया उच्च अदालतमा पुगेका हुन् ।

श्री ले आफु विधवा भएको भन्दै ढाँटेर आफुसँग बिहे गरेको दाबी गर्दै सानुगीले अदालतमा मुद्धा हालेका हुन् । उनले पुरुष हुँदाहुँदै पनि महिला बनेर छल गर्ने श्री माथि हदैसम्मको कारवाही र आफुसँगको वैवाहिक सम्बन्ध विच्छेदको माग गरेका छन् । साथै उनले श्री को डिएनए टेष्ट गरी लिंग एकिन गर्न समेत अदालतसँग माग गरेका छन् । अदालतले यो मुद्धामा आउँदो अपि्रल २३ तारिखमा सुनुवाइ गर्ने भएको छ ।

No comments:

Post a Comment