kailali

Tuesday 10 April 2012

बुबु बढाउँदा डिभोर्स

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

श्रीमतीले औषधि प्रयोग गरेर स्तन ठूला बनाएको थाहा पाएपछि चीनका एक मानिसले ती श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् । अनुही प्रान्तका झोउ साओपिङ नामका ४० वर्षीय ती पुरुषले ‘बुबु काण्ड’ मा स्वास्नीसँग डिभोर्स गरेका हुन् ।

श्रीमतीले स्तन बढाउनका लागि सन् २००३ मा एमाजिन्जेल नामको औषधी प्रयोग गरेको र सोही औषधिको असरका कारण सन् २००६ मा जन्मिएकी छोरी रोगी भएको भन्दै ती पुरुषले डिभोर्स गर्ने बोल्ड डिसिजन गरेका हुन् ।

विचरा ती महिलाले भने आफुलाई पूर्व प्रेमीले धोका दिएपछि आकर्षण स्तन बनाएर युवाहरुलाई आकर्षण स्तन बढाउने औषधिको प्रयोग गरेकी रहेछिन् । औषधिको प्रयोग गरेपछि उनको वक्षस्थल पुष्ट बन्यो र त्यसबाट लोभिएर साओपिङले उनलाई बिहे गरे । औषधि प्रयोग गरेर त्यति राम्रा वक्षस्थलको निर्माण भएको उनले सुरुमा थाहा पाएनन् । तर छोरी जन्मिएपछि छोरीलाई दुध खुवाउने क्रममा दुधको रंग अनपेक्षित रुपमा पहेँलो देखियो त्यसपछि उनले श्रीमतीलाई चेकजाँचका लागि अस्पताल लगे ।

अस्पतालमा चेकजाँच गर्दा बल्ल थाहा भयो की बुबु बढाउने औषधिको इफेक्टले गर्दा उनको दूध पहेँलो भएको रहेछ । उक्त दूधमा उक्त औषधिको हर्मोन समेत मिसिएकाले त्यस्तो दुध खुबाउँदा बच्चीलाई समेत नराम्रो असर पूराइसकेको रहेछ ।

श्रीमतीको गल्तीका कारण सोही कारण छोरीलाई सेरेब्रल पाल्सी नामको रोग लागेपछि साओपिङ आगो बने र उनले श्रीमतीलाई धोकेबाज भन्दै सम्बन्ध तोड्ने फैसला गरे ।

No comments:

Post a Comment