kailali

Tuesday 10 April 2012

यौन चाहना पूरा गर्ने तरिका

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

एजेन्सी । मस्तिष्कमा रहने नियोकोर्टेक्सले यौन चाहना तीव्रता ल्याउँछ योहटाउँदा चाहनामा कमी पाइएको छ । त्यस्तै वाइरिसफम कोटेक्सले यौन इच्छासुपुप्त अवस्थामा राख्न सहयोग गर्छ । यसलाई हटाउँदा पुरुषहरुमा सहवासकोअत्यधिक भोक बढेको प्रयोगले देखाएको छ । यसका साथसाथै हाइपोथालामसले पनियौन इच्छा बढाउन सहयोग गर्छ ।

पुरुषमा सहवासको क्षणः

लिङ्ग उत्तेजनाःप्यारासिम्प्याथेटिक स्नायुलेमानिसमा शारीरिक एवं मानसिक परिवर्तन ल्याई लिङ्ग उत्तेजना गराउँछ ।नाइट्रिक अक्साइड पैदा गरी रगतका नली एवं मांपेशीलाई ठूलो आकार दिन्छ । रगतप्रवाह ह्वात्तै बढ्छ र जम्मा भएको रगत भने बन्द भएकाले बाहिर जान नसकीलिङ्ग फुली ठूलो हुन्छ ।

रस उत्पादनःचिप्लो पदार्थमा म्युकसप्यारासिम्प्याथेटिक नर्भले पैदा गरी सहवासमा घर्षण कम पार्छ । यरेथ्रेन रबल्बो युरेथन ग्रन्थीले म्युकस निकाली यो मुत्रनली हुँदै योनीमा पुग्छ ।यसका अतिरिक्त महिलामा पनि म्युकस पैदा हुन्छ ।

वीर्य स्खलनःयौनकार्य चरमचुलीमा पुग्दा मेरुदण्डमास्पाइनल कर्डको सहायताले सिम्प्याथेटिक इम्पल्स (झट्कार) हुने भएकाले वीर्यस्खलन हुन्छ । यसैलाई यौन चरमोत्कर्ष भनिन्छ । यो भएको एक–दुई मिनेटमा नैपुरुषमा लिङ्ग साविककै आकारमा आई यौन चाहना विल्कुल कम हुन्छ । सहवास गर्नकरिव पुनः २०/३० मिनेट हुन्छ ।

महिलामा यौन कार्यको लक्षणः

यौनकार्य गर्न महिलामा पनि मानसिक तयारी एवं जनेन्द्रीयको घर्षण हुनुपर्छ ।यौनजन्य कुराको चाहना बढेमा यौन क्रियामा छिटोछिटो तत्परता आउँछ ।महिनावारी हुँदा चाहनामा केही कमी र ओभम निस्कँदा इस्ट्रोजन बढेर जागरुकताथपिन्छ । भंगाकुर चलाउँदा अति नै बढी उत्तेजना पाइन्छ किनकी यहाँ संवेदनशीलस्नायु हुन्छन् ।

यौन उत्तेजना एवं यौन रस उत्पादनः

यौनीमा प्वाल वरिपरि क्लिटोरिसमा पुरुषको जस्तै उत्तेजित हुनेमांसपेशी हुन्छन् । यसको नियन्त्रण पनि प्यारासिम्प्याथेटिक स्नायुले नैगर्छ । यहां पनि रगत बढी जम्मा भई योनीको प्वाललाई सानो पारेर लिङ्गलाईपूर्णरुपमा घर्षण दिंदै वीर्य पतन गर्न सहयोग गर्छ । प्यारासिम्प्याथेटिककोसूचना प्रवाहले नै म्युकस (रस) सनिकाली यौन कार्यमा मिठास थप्छ । म्युकसवार्थोलिन ग्रन्थी र योनीको भित्री भागबाट बढी पैदा हुन्छ ।

यौन चरमोत्कर्षः

पुरुषमा वीर्य स्खलन भएर चरमोत्कर्ष भए जस्तै महिलामा योनी वरिपरिकामांसपेशी खुम्ची–तन्की चरमोत्कर्ष हुन्छ । पुरुषमा भन्दा केही ढिला तर योअलि लामो क्षणसम्म कायम हुन्छ । चरमोत्कर्ष हुँदा शुक्रकीट छिटोछिटो पाठेघरहुँदै डिम्ब नलीतिर पुग्न सहयोग गर्छ । पुरुष र महिलामा जनेन्द्रीय विकसितभएपछि मात्र यौन कार्य गर्नु पर्छ, जुन बीस वर्ष पार भएपछि उचित हुन्छ ।परिपक्वता नभै यस्तो कार्य गर्नु हुँदैन । केही समस्या भएमा विनाहिच्किचाहट दक्ष चिकित्सकको परामर्श लिएर फाइदा पुग्ने छ ।

No comments:

Post a Comment