kailali

Tuesday 10 April 2012

डेक्कन चार्जसमाथि मुम्बईको रोमान्चक जित

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

 इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले डेक्कन चार्जसमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ ।

डेक्कनले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा भेट्टाएको थियो ।

मुम्बईलाई अन्तिम ओभरमा १८ रन चाहिएको थियो । रोहित शर्मा र जेम्स फ्राङ्कसलनले मिलेर टिमलाई जित दिलाए । रोहितले अन्तिम बलमा छक्का प्रहार गर्दै मुम्बईलाई रोमान्चक जित दिलाए । उनले अविजित ७३ रन बनाए ।

यसअघि पहिले व्याटिङ गरेको डेक्कनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा मुनाफ पट्टेलले ४ तथा लासिथ मालिङ्गाले ३ विकेट लिए ।

प्रतियोगिता अन्तरगत आज अपराह्न कोलकत्ता नाइट राइडर्स र बेङ्ग्लोर रोयल च्यासेन्जर्स भिड्ने छन् भने राति ८ बजेपछि हुने खेलमा दिल्ली डेयर डेभिल्सले चेन्नई सुपर किङ्गको सामना गर्नेछ ।

No comments:

Post a Comment