kailali

Sunday 2 September 2012

मोतीविन्दुका कारण दृष्टि गुमाएकी एक पोथी वनमान्छेले आँखाको शल्यक्रियापछि ज्योति त पाइन् नै उनले आफ्ना जुम्ल्याहा सन्तानलाई पहिलोपटक देख्ने अवसर पाइन् ।
इण्डोनेसियाको सुमात्रा प्रान्तको राजधानीस्थित सुमात्रा ओरांगोटन संरक्षण कार्यक्रमले संरक्षणमा राखेको उक्त ४० वर्षे ओरांगोटन अर्थात् वनमान्छेको सोमबार आँखाको शल्यक्रिया गरिएको हो ।
मानिसका नेत्र रोग विशेषज्ञहरुले गोबर नामको उक्त वनमान्छेको आँखामा रहेको मोतीविन्दुको ९० मिनेट लगाएर शल्यक्रिया गरेका हुन् ।
वनमान्छेको आँखाको यो शल्यक्रिया इण्डोनेसियामा पहिलोपटक गरिएको हो भने विश्वकै दोश्रो हो । यसअघि मलेसियामा सन् २००७ मा वनमान्छेको आँखाको शल्यक्रिया गरी ज्योती फर्काइएको थियो ।
स्मरण रहोस् किसानहरुले लखेटिरहेको अवस्थामा यो वनमान्छेलाई सन् २००८ मा संरक्षणकर्मीहरुले उद्धार गरी ल्याएका थिए । त्यस लगत्तै उनको आँखाको ज्योती गुमेको थियो । उनलाई चिडियाघरमै उनीजस्तै दृष्टिवीहिन अर्को भाले वनमान्छेसँग समागम गर्न दिइएको थियो । जसबाट उनले सन् २०११ जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।
आँखाको दृष्टि गुमाएकीले उनले बच्चा जन्माएपनि देख्न सक्दिनथिन् । तर अन्ततः आँखाको मोतियाविन्दुको शल्यक्रिया सँगै ज्योती फर्किएपछि उनले आफ्ना सन्तानलाई आफ्नै आँखाले देख्न पाइन् र बाहिरी दुनियालाई चियाउन पाइन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment