kailali

Saturday 1 September 2012

मेरो भर पर्छौ भने परेको म बेहोरौंला!
संगै बाँची मर्छौ भने परेको म बेहोरौंला!

दुख सुख जे भएनी बनि सँधै सहयात्री
ओठ्मा हाँसो भर्छौ भने परेको म बेहोरौंला!!

...दुनियाको वास्ता छोडी मेरो मायाँ पिरतीले
दुख कष्ट हर्छौ भने परेको म बेहोरौंला!!

जुनी जुनी अखण्ड त्यो दीप बनि बिस्वासको
दिल्मा ज्योति छर्छौ भने परेको म बेहोरौंला!!

उकालीमा तान्दै अनि ओरालीमा थामी हात
संगै जंघार् तर्छौ भने परेको म बेहोरौंला!!

हुर्किएको बैंश संगै त्रिष्ण मेट्न जवानीको
अलि वर सर्छौ भने परेको म बेहोरौंला!!

जिन्दगीको रथ हाँक्न सक्ने पठ्ठो सम्झी आजै
भन बिहे गर्छौ भने परेको म बेहोरौंला!!

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment