kailali

Saturday 1 September 2012


काँचको एक बोतलमा बन्द प्रेमपत्र समुद्रको बाटो हुँदै चीनबाट स्कटल्याण्ड पुगेको छ । ६ हजार माइलको उक्त सामुदि्रक दुरी ६ दिनमा पार गर्दै उक्त प्रेमपत्र चिनबाट स्कटल्याण्ड पुगेको हो ।
स्कटल्याण्डको पोर्टोबेलो तटमा घुम्न आएका एक महिला र उनकी छोरीले उक्त बोतलबन्द प्रेमपत्र फेला पारेका थिए । निकोला म्याकफार्लेन तथा उनकी छोरी लुसीका अनुसार पूरानो बोतललाई पानीको छालले बाहिर किनारामा ल्यायो । उक्त बोतललाई उनीहरुले खोलेर हेर्दा त्यहाँ चीनको मेन्डेरियन भाषामा केही कुरा लेखिएको एक कागज थियो । पछि उक्त पत्रलाई चिनिया भाषा जान्नेकहाँ लगेर बुझ्दा त्यो प्रेमपत्र रहेको प्रष्ट भयो ।
चिनबाट फिलिपिन्स समुद्र, इण्डियन समुद्र, दक्षिणी तथा उत्तरी आन्ध्र महासागर हुँदै बेलायतको समुद्री क्षेत्रमा प्रवेश गरेको उक्त बोतल त्यहाँबाट पनि अगाडि बढ्दै स्कटल्याण्ड सम्म पुगेको रहेछ । उक्त पत्र चिनिया भ्यालेन्टाइन डे को अवसरमा कुनै कुनै एक प्रेमजोडीले लेखेर बोतलमा राखेर समुद्रमा बगाइदिएकोे हुनसक्ने अनुमान गरिएको छ ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment