kailali

Friday 14 September 2012

मेरा सामु नआएर, रुँदै गयौ तिमी ।
रीसाएर चोर बाटो, हुँदै गयौ तिमी ॥

के के माग्यौ मन्दिरमा, सुनिएन केही
बाटैभरि धौतालाई, छुँदै गयौ तिमी ॥

गहभरि आँसु बोकी, हुक्क-हुक्क गर्दै
गजलका कोश सबै, धुँदै गयौ तिमी ॥

तिम्रो पीडा नसुनेको, धेरै भयो भन्दै
कष्ट सबै आँखाबाट, दुँ'दै गयौ तिमी ॥

भेट्छु भनी पछि-पछि, दौडी दौडी आएँ
नफर्किने गरी अझै, उँधै गयौ तिमी ॥


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment