kailali

Thursday 13 September 2012

अफ्रिकामा फेला पर्यो नयाँ बाँदर

जिव वैज्ञानिकहरुले अफ्रिका महादेशमा नयाँ प्रजातिको बाँदर फेला पारेका छन् । अफि्रकन राष्ट्र कंगोमा उक्त बाँदरको प्रजाति फेला परेको हो । स्थानीय भाषामा लेसुला भनिने उक्त बाँदर पछिल्लो २८ वर्षमा फेला परेको दोश्रो नयाँ प्रजाति भएको बताइएको छ ।

सुरुमा ओपालका सहरको एक विद्यालयका निर्देशकले घरमा पालेको नयाँ बाँदर देखेपछि जिव विज्ञहरु उक्त बाँदर नयाँ प्रजातिको हुनसक्ने भन्दै त्यसको खोजीमा लागेका थिए । स्थानीय अरु व्यक्तिहरुले समेत घरमा पाल्ने गरेको र सिकार समेत गर्ने गरिएको उक्त बाँदरको प्रजाति ६ महिनाको खोजपछि कंगो नदी बेसिन क्षेत्रको जंगलमा फेला पारिएको हो ।
यो नयाँ प्रजातिको बाँदरका लामा खैरा दाह्री हुने तथा नाकको आसपास तथा निधारको केही भाग रौँ वीहिन रहेकोले अरु प्रजातिभन्दा स्पष्ट रुपमै फरक देखिने वैज्ञानिकहरुको भनाइ छ ।
लोमामी नदी आसपासको क्षेत्रमा फेला परेकाले यसको वैज्ञानिक नाम सर्कोपिथेकस लोमामेन्सिस राखिएको छ । यो प्रजातिको बाँदर साढे ६ हजार बर्ग माइलको क्षेत्रमा फैलिएको अनुमान जिव विज्ञहरुको छ ।
यो प्रजातिको बाँदरलाई कंगोका स्थानीय बासिन्दाहरुले सिकार गरेर मासु खाने गरेकाले निकै जोखिममा रहेकोले यसको संरक्षण निकै चुनौतिपूर्ण रहेको जिव विज्ञहरुको भनाइ छ ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment