kailali

Saturday 1 September 2012

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म एकअर्काप्रति अविश्वास कायमै रहने बताउनुभएको छ । 

विगतमा अनुभवले दलहरुवीच आशंका र अविश्वासको अवस्था कायमै रहेकाले सहमतिको सरकार बनेपछि मात्रै त्यो सम्बन्ध सकिने र थप सहमतिका लागि अग्रसर हुन सकिने कोइरालाको भनाई छ । काठमाडौंमा भएको नेपाली कांग्रेस गुल्मीका नेता फणिन्द्र भण्डारीको स्मृती ग्रन्थ लोकार्पण कार्यक्रममा सभापति कोइरालाले दलहरु गम्भिर नभए मुलुकको अवस्था अफगानस्थानको जस्तै हुनसक्ने भएकाले जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

दलहरुविच नया चुनाव कि संविधानसभाको पुनस्र्थापना भन्ने विषयमा छलफल भइरहेकाले छिटै परिणाम आउने कोइरालाले दावी गर्नुभयो ।
कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतमले दलहरुविच बार्ता र संबाद चलिरहेपनि माओवादीलाई विश्वास गर्न सकिने अवस्था आइनसकेको बताउनुभयो । माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराईको इरान भ्रमणका क्रममा विदेशीलाई भ्रम छर्नका लागि मात्रै छलफलको नाटक गरिरहेको हुनसक्ने गौतमले आशंका गर्नुभयो ।

एकीकृत नेकपा माओवादीका नेता बर्षमान पुन अनन्तले जेठ १४ मा १० प्रदेशको विषयमा भएको सहमतिकै आधारमा अघि बढ्न सकिने बताउनुभयो । मुख्य ३ दलले नै विवादित विषयमा सहमति खोज्नुपर्नेमा पुनले जोड दिनुभयो । २०६७ माघ १४ गते मृत्यु भएका भण्डारीको स्मृतीमा क्रान्ति इमान र जनताका पर्याय फणिन्द्र भण्डारी नामक पुस्तक लोकार्पण गरिएको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment