kailali

Monday 3 September 2012

कांग्रेस सभापति सुशिल कोइरालाले अहिलेको राजनीतिक र संवैधानिक संक्रमणलाई तत्काल व्यवस्थापन गर्न नसकेमा मुलक अफगानीकरण हुने खतरा रहेको बताएका छन ।

नेविसंघले नगरकोटमा आयोजना गरेको विद्यार्थी नेतृत्व विकास र नेपालका चूनौतिहरु बिषयक कार्यक्रममा कोइरालाले त्यस्तो खतराबाट मुलकलाई बचाउन सवै राजनीतिक दलहरुबीच एकता आवश्यक रहेको बताए ।

'एकातिर भारतलाई सिमानाको सुरक्षा र अर्कोतर्फ चीनलाई तिब्बतको सुरक्षा चासो छ' कोइरालाले भने,'हामी सहमतीमा पुग्न सकेनौ भने मुलक द्धन्दमा फस्छ, त्यतिबेला हामी कोहीपनि रहनेछैनौ ।'

कोइरालाले अहिलेको चूनौतिलाई सामाना गर्न सक्ने पार्टी निर्माण गर्न पार्टीभित्रको बृहत एकता आवश्यक रहेको बताए । पार्टीका विचार र नीति सवल भएपनि माओवादीसंग प्रतिस्पर्धा गर्न नसकीरहेको बताउदै कोइरालाले भने,'हामी कमजोर भएको सिद्धान्तमा नभएर नेतामा आश्रति भएर हो । आजैबाट सवैले नेताको पछि लाग्न छाड्नुहोस नीतिको पछि लाग्नुहोस ।'

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जुन विकल्पमा सहमती भएपनि निर्वाचन सामुन्यमा आएको बताए । उनले संविधान संशोधन गरेर गएपनि संविधान जारी गरेपनि निर्वाचन चाडै हुने बताए । 'निर्वाचनलाई सामाना गरेर अघि बढ्नेनै अहिलेको चूनौति हो' उनले भने,'निर्वाचन हाम्रो सामुन्य छ । यसलाई हामी चिरेर अघि बढ्नुपर्छ ।'

कोषाध्यक्ष चित्रलेखा यादवले प्रधानमन्त्रीले मुलुकको चावी अन्त्यै छ भन्दापनि पार्टी र भातृसंस्था गंभिर भएर प्रतिवाद गर्न नसकेको बताईन । 'जुन चावीले उनी आए, अहिले त्यो चावी कहा छ उनलाई (प्रधानमन्त्री) थाह छ, तर कांग्रेस र नेविसंघले यसको प्रतिवाद गर्न जागेन' उनले भनिन,'अहिलेको मुख्य चूनौतिनै राजनीतिक डेडलक खोल्नु हो ।'

केन्द्रीय सदस्य बलहादुर केसीले राजनीतिक दल र तीनको नेतृत्व गर्ने नेताहरु कमजोर हुदा राष्ट्रियता कमजोर भएको बताए । 'पार्टीका नेताहरु कमजोर भएका छन । पार्टी कमजोर भएको छ । यो अवस्थामा एउटै मात्रै पार्टीले देश हाक्न सक्दैन' केसीले भने,'हामी एकताका साथ अघि बढन सकेनौ भने राष्ट्रियता बचाउन सकिदैन । अहिलेको सवैभन्दा बढी चूनोतिनै यहि छ ।'

कांग्रेस केन्द्रीय सदस्य गोपालराज पाहडिले माओवादीका कारण अहिलेपनि लोकतान्त्रिक गणतन्त्र धरापमा रहेको बताउदै त्यसको संरक्षणका नेविसंघ अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस सभापति सुशिल कोइराला लोकतन्त्र र राष्टिय अखण्डतामा संझौता नगर्नेमा विश्वस्त रहन आग्रह गर्दै उनले भने,'हामी परिवर्तनका पक्षधर हौ । अशोक पनि बुद्धिष्ट भएर निस्केका थिए, डाकु रत्नाकारपनि बाल्मिकी भएका छन, आशा राखौं हाम्रो गतिविधिले कमरेड प्रचण्डमा पनि परिवर्तन आउनेछ ।'

कांग्रेस संगठन विभागका प्रमुख आनन्द ढुंगनाले विगतका आन्दोलन नेविसंघको नेतृत्वमा सफल भएको भन्दै लोकतन्त्रको रक्षाका लागि फेरीपनि नेविसंघले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी, नेविसंघका अध्यक्ष रन्जित कर्ण, पूर्व अध्यक्ष महेन्द्र शर्मा, नेविसंघ केन्द्रीय सदस्य ऋसिकेशजंग शाहलगायतका नेताहरुले नेविसंघको भूमिकाका बिषयमा चर्चा गरेका थिए । दुई दिनसम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा नेविसंघका केन्द्रीय पदाधिकारी र सदस्य गरी १ सय २१ जनाको सहभागिता रहेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment