kailali

Monday 3 September 2012

यस्तो गजल लेखु म उनको मन रुने होस्
रसाएर आखाबाट बर बर आशु चुहिने होस्
मेरा चोटका अध्यायहरू बिस्तारै पढ्दै जादा
चसक्क चसक्क घोचेर मुटु भित्रै छुने होस्
ओल्टाई पल्टाई घाउहरु हेर्दा खेरी उनीले

ढुंगा जस्तो हृदय नि छियाछिया हुने होस्
बियोगमा तड्पिएको मेरो प्यासी दिलको
धड्कन बनी धड्किएर ब्यथाहरु बुझ्ने होस्
यस्तो गजल लेखु म उनको मन रुने होस्

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment