kailali

Monday 3 September 2012

चलचित्र असफल भयो भने निर्मातालाई त घाटा लाग्छ लाग्छ, यो भन्दा वढि असर उदाउँदै गरेका कलाकारलाई पर्छ । देभरका हलमा प्रर्दशन भइरहेको चलचित्र फुलस्टपको व्यापारले नायक सविन श्रेष्ठ र नायिका विनीता बरालको करिअरमा ठूलै धक्का हानेको छ । सविनले यसअघि अभिनय गरेका चलचित्र अन्दाज र रावणले व्यापारिक रुपमा राम्रै सफलता हात पारेका थिए । तर, सविन अभिनित यी दुई चलचित्रमा नायिका रेखा थापा मुख्य भुमिकाका थिईन् । यसैले पनि फुलस्टप र बर्षातले सविनको करिअरको बाटो पहिल्याउने धेरैको विश्लेषण थियो ।

देशभर प्रर्दशन भइरहेको फुलस्टप र मोफसलमा चलिरहेको बर्षातले व्यापारिक रुपमा राम्रो सुरुवात नगरेपछि सविन र विनीताको करिअरलाई नराम्रोसँग असर परेको चलचित्र विश्लेषकहरुको भनाई छ ।
चलचित्र फुलस्पट र बर्षातमा नायक सविन श्रेष्ठको मुख्य भुमिका थियो । तर यि दुवै चलचित्र असफल भएपछि सविनको स्टारपावरले दम तोडेको हो । यस्तै, चपली हाईट चल्नुको एक्लो श्रेय आफुलाई दिदै आएकी विनीतालाई पनि फुलस्पटको व्यापारले नराम्रो झट्का दिएको छ । आफ्नो कारणले चपली हाईट चलेको बताउने विनीता फुलस्टप पनि आफ्नै कारणले चल्ने सोँचमा थिईन् । तर, सुरुवातका तीन दिनमै सिनेमाले दम तोडेपछि विनीताको स्टारभ्यालु तल झरेको छ । यो सँगै विनीताको करिअरमा कतै अब फुलस्टप लाग्ने होईन भन्ने अड्कल पनि काट्न थालिएको छ ।
चपली हाईटमा सेक्स विकेको थियो भन्ने कुरा फुलस्पटको व्यापारले देखाएको छ । यसैले विनीतालाई पुनः चपली हाईटको जस्तो हाईट पाउनका एडल्ट सिनेमाको साहारा लिनुपर्ने देखिन्छ ।
एउटा सिनेमा चल्दैमा आफु स्टार भएको सपना नदेख्न पनि धेरैलाई फुलस्टपको व्यापारले पाठ सिकाएको चलचित्र पण्डितहरु ब्ताउँछन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment