kailali

Monday 3 September 2012

स्वयमं तोड मनको अहंम, तोड्न सक्नुपर्छ
ढुङगा सरी जिबन पनि, फोड्न सक्नुपर्छ

तड्पी बस्छौ किन सधै, पागल बनी
उस्ले प्रेम गर्छ गर्दैन, सोध्न सक्नुपर्छ


आशा धेरै तिमी गर्छौ, बँगैचाको फुलमा
बास्ना छर्न त्यही फुललाइ, गोड्न सक्नुपर्छ

गन्तव्य बिलीन भएको यात्रा, कति गर्छौ
कहिले काँही पाइला अन्तै, मोड्न सक्नुपर्छ  


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment