kailali

Saturday 8 September 2012

तीजको गीतमा यसरी कम्मर मर्काए हमालले (भिडियो र फोटो सहित)


अविवाहीत नायक राजेश हमाललाई यसपालीको तीज मझैले लागेको छ । आमा सरस्वती मुभिजले आयोजना गरेको तीज विशेष कार्यक्रममा हमाल कम्मर मकाई मकाई नाचेका हुन् ।
तीज विशेष कार्यक्रममा अतिथि बनेर पुगेका हमालले उपस्थित महिलाहरुसँगै कम्मर मर्काए र नाँचे । हमालसँग नाच्नका लागी महिलाहरुले पनि तछाडमछाड नै गरे। कार्यक्रमको सुरुवातदेखि नै विभिन्न गायक तथा गायीकाको भाकामा थपडी बजाउदै रमाएका हमालको मन थामिन सकेन ।
यसपछि स्टेजमा उक्लीएर उनले आफ्नो नृत्यको रहरलाई पुरा गरेका हुन् । कार्यक्रममा नायक राजेश हमालले आफ्नो विहे नहुनको कारण पनि खोले । उपस्थित महिलाहरुलाई दिदी बहिनी भनेर सम्बोधन गरेपछि उनले भने, पुर्वदेखि पश्चिमसम्मका सबै महिलाहरुलाई दिदी बहिनी भनेकै कारणले होला मेरो हालसम्म बिहे हुन नसकेको । तर हमालले बिहे कहिले हुन्छ भनेर कुनै मिति भने खुलाएनन् ।
आखीर हमाल कसरी नाचे त, हेर्नुहोस् यो भिडियो :


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment