kailali

Saturday 8 September 2012

चम्ल्याहा चिन्ने चिनियाँ काइदा (फोटो फिचरसहित)


धिकांश मानिसहरु जुम्ल्याहा भाईलाई चिन्न नसकेर झुक्निछन् । नेपालमा जुम्लाह छोरा भए राम-लक्ष्मण त छोरी भए गंगा-जमुना जस्ता नाम राखिन्छ । तै पनि कुन राम र कुन लक्ष्मण भनेर छुट्याउन कहिलेकाँही गाह्रो हुन्छ ।
चीनको शेनझेन शहरमा एक परिवारले आफ्ना चम्ल्याहा सन्तानलाई चिन्न नयाँ तरिका अपनाएको छ । ६ वर्ष उमेरका चार भईलाई चिन्न अभिभावकले कपाल कटाईमा यस्तो अनौठो तरिका अपनाएका छन् । चार भाईको नाम जिआंग युंलाँन्ग, जिआंग युंझिओ, जिआंग युहान र जिआंग यंलिन छन् ।
उनीहरुको अनुहार यस्तो छ क कहिले काहीं बाबु-आमाले धोका खान्छन् । जब उनीहरुलाई स्कुलमा भर्ना गरियो, शिक्षक र विद्यार्थीहरुले पनि छुट्याउन सकेनन् । त्यसपछि अविभावकले नयाँ तरिका निकालेका हुन् । अविभावकले उनीहरुको कपाल काट्दा १, २, ३ र ४ नम्बर बनाएका छन् । ता कि उनीहरुलाई नम्बर हेरेरै चिन्न सकियोस् ।
समाचारमा जनाइएअनुसार उनीहरुको परिवारको आर्थिक अवस्था त्यति राम्रो छैन् । तर, चार भाईलाई राम्रो शिक्षा दिने परिवारको चाहना छ । उनीहरुकी आमा भन्छिन्-’सबै बच्चा लेखपढ गरेर संसारमा नाम कमाउन् ।
 


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment