kailali

Friday 7 September 2012

राष्ट्रपति हटाउन सेक्स हडताल


अफि्रकी मुलुक टोगोका महिलाले राष्ट्रपटि हटाउने अनौठो आन्दोलन उद्घोष गरेका छन् । ‘नागरिक अधिकार समूह’ अन्तर्गत राजनीतिमा सक्रिय महिलाहरुले राष्ट्रपतिको राजीनामा माग्दै सातदिन यौन सम्बन्ध नराख्ने सेक्स हड्तालमा सरिक हुन आम महिलाहरुलाई आव्हान गरे ।
‘टोगो बचाउ’ समूहकी महिला नेतृ इसाबेल आमेगानभीले महिलाहरुलाई आफ्ना पति वा यौन पार्टनरसँग सोमबार बाट एक हप्तासम्म सेक्स नगर्न आग्रह गरेको बताइन् । उनले यस हड्तालले टोगोका पुरुषहरुलाई राष्ट्रपति फाउनरे ग्नासिङबे विरुद्ध आन्दोलन गर्न दवाव दिने विश्वास गरेकी छन् ।
राजधानी लामेमा शनिबार आयोजित हजारौ महिलाको र्‍यालीमा सेक्स हडताल घोषणा गरिएको खबर नागरिक दैनिकमा खबर छ । अक्टोबरमा हुन लागेको संसदीय निर्वाचनमा ग्नासिङवेको पार्टीलाई पुनः विजयी गराउने गरी हालै भएको निर्वाचन सुधार विरुद्धको एउटा गठबन्धनले विरोध प्रदर्शन आयोजना गरेको थियो ।
३८ बर्षदेखि पश्चिम अफि्रकी मुलुक टोगोमा शासन गर्दै आएका बाबु इयाडेमा ग्लासिङवेको २००५ मा निधन भएपछि ग्नासिङवे सत्तामा आएका हुन् । ग्लासिङवे र उनकी पत्नीले भने सेक्स हड्तालका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment