kailali

Monday 3 September 2012

रत्न राजमार्ग अन्तर्गत कोहलपुर सुर्खेत सडक खण्डको हर्रे डाँडाँमा पहिरो जाँदा कोहलपुर सुर्खेंत सडक खण्ड अबरुद्ध भएको छ । गएराति गएको पहिरोका कारण यातायातका साधन हर्रे डाँडामै अलपत्र परेका छन ।

पहिरोले पुरै सडक बगाएपछि यात्रुहरुलाई हिडडुलका लागि समेत समस्या परेको छ । पहिरोका कारण नेपालगञ्जबाट सुर्खेत गएका यात्रुबाहक बसहरु लामबद्ध रुपले रोकिएका छन भने सुर्खेत बाट छुटेका सबारी साधन भने हर्रे बाटै सुर्खेत फर्किएका छन ।

सडकमा ठुलो पहिरो गएपछि प्रहरी स्थानियबासीले पहिरो हटाउने कार्य बिहानैदेखि सुरू गरेका छन् । सुर्खेतको हर्रेमा रहेको नेपाली सेनाको टोलिले पहिरो गएको स्थानमा सुरक्षा दिईरहेको छ ।

क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले पहिरो गएको जानकारी प्राप्त हुदा साथ ईलाका प्रहरी कार्यालय छिन्चु बाट प्रहरी टोलि घटनास्थल तर्फ पठाएको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार सडक सुचारु गर्नका लागि कम्तिमा ३ दिन सम्म लाग्ने अनुमान गरिएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment