kailali

Thursday 6 September 2012

भारतको राज्यसभामा सांसदहरुबीच कुटाकुट

सरकारी जागिरको पदोन्नतिमा आरक्षण दिने मुद्धालार्इ लिएर भारतको राज्यसभामा सांसदहरुबीच कुटाकुट भएको छ ।
समाजवादी पार्टीका नरेश अग्रवाल र बहुजन समाज पार्टीका अवतार सिंहबीच ठेलमठेर र कुटाकुट भएको हो । अवतार सिंह सदनको केन्द्रतर्फ अघि बढ्दै गर्दा नरेशले बाटो छेकेका थिए । त्यसपछि आक्रोसित अवतारले हातपात गरेपछि कुटाकुट भएको थियो । केही सांसद छुट्याउन आए भने अधिकांश रमिते बने । सांसदहरुबीचको कुटाकुटपछि बैठक स्थगित भएको छ ।
समाजवादी पार्टी विरोधको विरोधमा उत्रिएको छ भने बहुजन समाज पार्टी समर्थनमा छ । भारतको क्याविनेटले मंगलबार विधेयक पारित गरेको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment