kailali

Thursday 6 September 2012

अगस्टमा मात्रै सिरियामा ५ हजार भन्दा बढीको मृत्यु

सिरीयामा जारी गृहयुद्धमा गत अगष्ट महिनामा मात्रै ५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एक सामाजिक संगठनले तयार पारेको प्रतिवेदनमा एक महिनामा नै पाँचहजार भन्दा बढी नागरिकको ज्यान गएको उल्लेख गरिएको छ ।
न्युयोर्क टाईम्सका अनुसार पछिल्लो महिना सिरीयामा लगातार हिंसा भैरहेको छ । सरकारले बिद्रोही दबाउन निरन्तर आक्रमण जारी राखेकाले मर्ने मानिसको संख्या दिनप्रतिदिन बढिरहेको छ । सिरीयामा रहेर मानब अधिकारको क्षेत्रमा काम गर्ने एक संस्थाले दिएको जानकारी अनुसार ५ हजार ४ सय ४० जनाको मृत्यु अगष्ट महिनामा मात्रै भएको छ ।
जसमध्ये ४ हजार १ सय १४ हतियार बिहिन सर्वसाधारण छन् । बाँकी हतियारधारी बिद्रोही र सरकारी सुरक्षाकर्मी रहेका छन् । सिरीयामा पछिल्लो १७ महिनामा सरकारी सुरक्षाकर्मी, हतियार धारी बिद्रोही र सर्वसाधारण नागरिक गरी २६ हजारको ज्यान गईसकेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment