kailali

Wednesday 5 September 2012

मलाई सम्झी एकान्त वसी टोलाउने दिन
सपनीमा मेरो राजा भनी वोलाउने दिन

मित्रताको हात लम्काउदै प्रेम भाव वाट
कसैको मनमा मेरो छाया मौलाउने दिन

उघ्रिएको मनलाई आकास वादलले छोपी
मेरो माया पाउनकै निम्ती बौलाउने दिन

भरोसा कलेजी प्राण मुटु सवथोक ठानी
फूलै फूलको थुँगाले हानी लोलाउने दिन ♥♥
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment