kailali

Wednesday 5 September 2012


पहिलो भेटमै आँखा मारी जाली भने मैले
धसेकी मात्र रैछ पाउडर काली भने मैले

साडीचोली सवै छाडी लगाउदी रैछ टालो
हातमा चुरा सिउँदो त्यसै खाली भने मैले

सरासिली रैछ मोरी कुराकानी गर्दै जाँदा
मोहनी रस चुहाउने मेरी साली भने मैले

रहरको सागरमा डुवी सक्यो अहिले मन
डाँडापारी हुँदै घाम अर्को पाली भने मैले ♥♥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment