kailali

Monday 10 September 2012

दिनभर यौन उत्तेजना, सयचोटी चरम आनन्द



अमेरिकामा एकजना यस्ती महिला छिन् जसलाई दिनभरी नै यौन उत्तेजना हुन्छ र सामान्य मैथुनबाटै उनले दिनमा कम्तिमा १ सय चोटी चरम आनन्द प्राप्त गर्न सक्छिन् ।
अमेरिकाको न्यू जर्सीस्थित मोन्टक्लेमा बस्ने ४४ वर्षकी किम राम्से नामकी महिला आफ्नो अविरल यौन चाहनाका कारण दिक्क छिन् । उनलाई सामान्य काम गर्दा पनि यौन उत्तेजना बढिहाल्छ र योनीमा अलिकति घर्षण हुने बित्तिकै चरम सुख अर्थात् क्लाइमेक्स प्राप्त हुन्छ ।
सामान्य व्यायाम गर्दा, गाडी चलाउँदा, बसमा चढ्दा तथा घरायासी काम गर्दा समेत उत्तेजना तथा चरमसुखको अनुभुति हुने उनी बताउँछिन् । यस्तो अनौठो यौन राक्षसी अवस्थाका कारण उनी निकै पीडित तथा थकित बनेकी छिन् भने जिन्दगीमा राम्रो जिवनसाथी पनि पाउन सकेकी छैनिन् ।
‘अरु महिलालाई कसरी चरमसुख प्राप्त गर्ने भन्ने चिन्ता हुन्छ, तर मलाई भने यस्तो क्लाइमेक्स कसरी रोक्ने भन्ने चिन्ता छ’, किमलाई उधृत गर्दै एक पत्रिकाले लेखेको छ ।
किमलाई वास्तवमा उपचार नै नभएको एक जन्मजात स्वास्थ्य समस्याका कारण यस्तो भएको हो । उनलाई पर्सिस्टेन्ट जेनिटल एरोउजल डिस्अर्डर भन्ने स्वास्थ्य समस्या छ, जसको उपचार सम्भव छैन । उनका स्नायुमा फोका जमेकाले यस्तो समस्या देखिएको चिकित्सकहरुको भनाइ छ ।
सन् २००८ देखि उनलाई यस्तो समस्या देखिन थालेको रहेछ । आफ्ना प्रेमीसँग सेक्स गर्दा खेरी उनले आफ्नो यस्तो समस्याका बारेमा थाहा पाइन् । त्यसबेला उनलाई ४ दिनसम्म लगातार यौन उत्तेजना तथा चरम आनन्दको अनुभुति भएछ । उनलाई त्यो बेला आफु बहुलाएको जस्तो भान भएछ । अरु नयाँ केटाहरुसँगको सम्बन्धमा पनि उनलाई त्यस्तै भयो, जसका कारण सबै केटाहरुले उनलाई छाडे । हुँदाहुँदा त भुइँमा बस्दा पनि उत्तेजनाले सताउँछ उनलाई आजकल । हरे शिव, कस्तो झण्झट ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment