kailali

Monday 10 September 2012

नायिका नआउँदा नेतालाई खल्लो


सिनेमा रिलीजको समयमा कलाकारले साथ नदिादा निर्माणपक्ष निक्कै तनावमा पर्दै आएका घटना नेपाली चलचित्रका लागि नयाँ होईन । सोमबार काठमाण्डौमा आयोजना भएको चलचित्र ‘ब्ल्याक मेल’ को पत्रकार सम्मेलनमा पनि यही वास्तविकता दोहोरियो ।
साढे २ बजेका लागि आयोजना गरिएको पत्रकार सम्मेलन पौने चार बजिसक्दा पनि सुरु भएन । झण्डै डेढ घण्टा सबैले नायक, नायिकालाई पर्खेर बसे । जीवन लुईंटेल, सुमन सिंह, स्वेता भट्टराई कोही पनि कार्यक्रममा नआएपछि निर्माण पक्ष तनावमा परेको हो ।
‘सुमन सिंहले आउाछु भन्दै थिए, अहिले फोन नै उठाउन छोडे’ चलचित्रका निर्देशक मधुसुदन भट्टराई तनावमा भन्दै थिए । निर्माता शरद अधिकारी एक जना कलाकार बिना के पत्रकार सम्मेलन गर्नु भन्दै चिन्तित थिए । निर्धारीत समय भन्दा १ घन्टा ढिलो भएपछि पत्रकारहरुले निर्माणपक्षलाई कार्यक्रम सुरु गर्न आग्रह गरिरहेका थिए । निर्माता निर्देशक कलाकार बिना कार्यक्रम सुरु गर्ने पक्षमा देखिएनन् ।
निर्धारीत समय भन्दा झण्डै डेढ घन्टा ढिलो नायक जीवन लुईटेल आएपछि निर्माणपक्षले लामो सास फेर्यो । नायक आएपनि नायिका भट्टराई भने उपस्थित भइनन् । कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर यादवलाई नायिका छेउँमै नपाउँदा चिन्ताले सतायो । उनले मुखै खुलेर भने, ‘नायकलाई त छेउँमै पाए, नायिका नहुदा खल्लो लागिरहेको छ ।’
सिनेमा खेल्ने तर प्रचारप्रसारमा बेवास्ता गर्ने कलाकारको बानीले दुःख पाएको निर्माण पक्षको गुनासो छ ।
भदौ २९ गतेबाट रिलीजमा आउन लागेको यो चलचित्र मसलेदार रहेको निर्देशक मधुसुदन भट्टराईले जानकारी गराए । ‘मैले कुनै नयाा खालका विषयवस्तु रोजेको छैन, तर प्रस्तुतिमा नयाापन दिन खोजेको छु’ भट्टराईले पत्रकार सम्मेनलमा भने ।
निर्माता शरद अधिकारीले सिनेमाभित्र द्वन्द्व, थि्रलर, सस्पेन्स र प्रेमको मसला घोलिएको बताए । कार्यक्रममा चलचित्रको अडियो एल्बम पनि बिमोचन गरियो । अर्जुन पोखरेल र विपिन आचार्यले संगीत भरेको चलचित्रमा ४ वटा गीत समावेश छन् । चलचित्रका गीतसंगीतले बजारमा राम्रो चर्चा पाएकोमा संगीतकार पोखरेलले खुशी व्यक्त गरे ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment