kailali

Monday 3 September 2012

  • चन्द्रमाले बेसरम देख्यो हामीलाई
    के-के गर्यौ हरदम देख्यो हामीलाई

    अंधेरिमा नियालेर हेरी यौन क्रीया
    प्रकृतिमा अनुपम देख्यो हामीलाई

    अर्थहिन प्रतिस्पर्धा दिन रातै भोगी
    अलमल्ल बे-इलम देख्यो हामीलाई

    लजाउदै मिर्मिरेमा चन्द्र लुके पछी
    बिहानिले समागम देख्यो हामीलाई

    माया कैले नथाकेको भनी बेदनाले
    चाहानाको मलहम देख्यो हामीलाई

    जलाउने सुर्य देखी निस्की किरणले
    आफु जस्तै मुलायम देख्यो हामीलाई



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment