kailali

Monday 3 September 2012

एकिकृत नेकपा माओवादीका अध्यक्षा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कम्मर मर्काएर चर्चा र आलोचना उत्तिकै कमाएकी नायिका रेखा थापा विश्वस्त सुत्रका अनुसार चलचित्र बिकास बोर्डको अध्यक्ष बन्ने दौडमा मिसिएकी छिन् । अध्यक्ष बन्ने अभियानमा लागेकी रेखाले हिजो प्रचण्ड निवासमा पुगेर अध्यक्ष प्रचण्डसँग गोप्य भेटघाट समेत गरेकी थिइन ।

माओबादी अध्यक्ष प्रचण्ड पनि रेखालाई बोर्डको अध्यक्ष सिफारिस गर्न सकरात्मक रहेको निकट श्रोतले जनाएको छ । स्रोतका अनुसार हिजो प्रचण्डसँगको भेटघाटमा नायिका थापा बाहेक संगीतकार चेतन सापकोटा, केही सञ्चारकर्मी र थापा निकट व्यक्तिहरु सामेल थिए । बोर्डको अध्यक्ष बन्नका लागि रेखाले पाँच बुँदे प्रस्ताव समेत प्रचण्डलाई बुझाएकी छिन् ।

केही दिन अघि अध्यक्ष गणेश भण्डारीले राजिनामा दिए लगत्तै बोर्डको अध्यक्ष बन्ने दौडमा लक्ष्मण शेष, प्रदिप उदय र सञ्चारमन्त्रिका कानुनी सल्लाहकार सुरेश कार्की पनि रहेका छन् ।
Via merocinema.com

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment