kailali

Thursday 13 September 2012

अब घर कुर्ने श्रीमतीलाई पनि तलब !!!


घरधन्दा गर्ने महिलाले दिनभरी घर कुरेर ठूलै परिश्रम गरेपछि उनीहरुको कामले मूल्य पाउँदैन । जागिर गर्ने श्रीमानले घरधन्दा गर्ने श्रीमतीले कामै नगरेको र त्यत्तिकै घरमा बसेको आरोप लगाउँछ र हेँप्छ । तर महिलालाई मात्र मात्र हुन्छ उनीहरुको काम कति हुन्छ ? दिनभरी घरधन्दा गर्दा एकरत्ति पनि फुर्सद नपाउने कुरा अफिसको कुर्सीमा बस्ने लोग्ने मान्छेलाई के थाहा ? बेलुकी सुइँय गर्दै घर फर्केर आदेश दिन पाए भयो ।
सायद त्यहीँ भएर होला भारतका एक जना मन्त्रीले घरधन्दा गर्ने महिलालाई समेत तलब दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । भारतका केन्द्रीय महिला तथा बाल विकाश मन्त्री कृष्णा तिरथले यस्तो प्रस्ताव ल्याएकी हुन् । उनका अनुसार महिलाले घरका सबै काम गर्नुपर्छ तर पनि महिलाको कामलाई काम मानिँदैन वा मूल्यांकन नै हुँदैन । त्यसैले आफ्नो मन्त्रालयले हालै एक सर्भेक्षण गरेको र त्यसले महिलाहरुको गर्ने घरायासी कामको मूल्य कति हुने ? भन्ने कुराको अध्ययन गरेको उनले जानकारी दिएका छन् ।
तीरथले उक्त सर्भेको नतिजाका विषयमा अहिले विचार भैरहेको र आउँदो १७ नोभेम्बरमा हुने राज्यका मन्त्रीहरुसँगको संयुक्त बैठका यस विषयमा कुराकानी हुने बताइन् । समाचार अनुसार महिलाहरुको घरायासी कामको मुल्यांकन गर्ने र सोही अनुसार श्रीमानले आफ्नो तलबबाट काटेर श्रीमतीलाई रकम दिनुपर्ने कानुन बनाउने सोँच मन्त्री तिरथले बनाएकी छिन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment