kailali

Thursday 13 September 2012

‘तपाई जन्माउनुस्, बच्चा हामी सम्हाल्छौं’

डेनमार्कमा घट्दो जन्मदरको समस्या समाधान गर्न नर्सरीका कर्मचारीहरुले अनौठो तरिका अपनाएका छन् ।
उनीहरुले दम्पत्तिको बच्चालाई रातमा हेरचाह गर्ने प्रस्ताव अघि सारेका छन्, ता कि बाबुआमा थप बच्चा जन्माउन सकुन् ।
यस योजनाका काम गर्नेहरुका अनुसार उमेर ढल्कँदै गएकाहरुका संख्या डेनमार्कको हितमा छैन र बच्चा जन्माउनु राष्ट्रहितको काम हो । यद्यपी यस अफरलाई स्वीकार गर्नेहरुले आफ्नो काम भने निकै छिटो गर्नु पर्नेछ । किनकी नर्सरीले उनीहरुको बच्चालाई केबल २ घण्टा सम्हाल्ने छन् । २ घण्टापछि दम्पत्तिले बच्चालाई नर्सरीकबाट फिर्ता लैजानु पर्छ ।
अर्थात यो अफर स्वीकार गर्ने दम्पत्तिहरुलाई रोमान्टिक डिनरमा जाने समय हुने छैन र उनीहरुको भाषामा भन्दा राष्ट्रियहितको काम दुई घण्टामा गरिसक्नु पर्ने छ । डेनमार्कमा बच्चाको जन्मदर बढाउने जिम्मा ७ किन्डर गार्डन स्कुलले लिएका छन् र उनीहरु यस समस्या समाधानतर्फ देशबासीको ध्यानाकर्षण गराउन विभिन्न उपायहरु खोजिरहेका छन् ।
जन्मदरका अधारमा डेनमार्क विश्वका २ सय २१ देशमा १ सय ८५ औं स्थानमा छ । डेनमार्कमा उमेर ढल्कदै गएकाहरुको संख्या बढ्दो छ भने यो समस्याका रुपमा देखा गर्ने अनुमान गरिएको छ । उत्तरी जिल्ला फिनमा मात्र गत वर्षको तुलनामा यस वर्ष २ सय बच्चा कम जन्मिएका छन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment