kailali

Tuesday 4 September 2012

सरकारी जागिर लगाई दिने र विदेश पठाई दिने बहानामा विभिन्न ब्यक्तिसँग पाँच करोड बढी ठगेको आरोपमा भदौ १३ गते बुधबार अपरान्ह केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलीद्वारा पक्राउ परेका मनोजबहादुर सिंह अभिनेत्री सुस्मिता बम्जनका पति रहेको रहस्य सार्वजनिक भएको छ। एक महिना अघि आफ्नी पहिलो पत्नी मार्फत चौथो सन्तानको रुपमा छोरो जन्माएका सिंहले दुई महिना अघि नायक भुवन केसीकी पूर्व पत्नी सुस्मितासंग कोट म्यारिज गरेका थिए। जसको प्रमाण स्वरुप फोटो फिल्मीखबरले फेला पारेको कुरा आफ्नो समाचारमा जनाएको छ।

समाचार अनुसार, उक्त फोटो कोट म्यारिज भएको २ दिनपछि बीरगञ्जस्थित गडिमाई परिसरबाट निस्किदै गरेको अवस्थामा खिचिएको हो। कोट म्यारिज पश्चात मन्दिर दर्शन यात्रामा निस्किएका उनीहरूको साथमा २० जना ब्यक्ति पनि साथै थिए। त्यस मध्ये प्रष्ट चिनिनेमा पूर्व युवराज पारस शाहका एडीसी एवं ड्राईभर अनिल अधिकारी र दाईजो फिल्मका प्रोड्यूसर सुधन केसी थिए। विशेष सूत्रका अनुसार, गत बर्षको गणतन्त्र दिवसको दिन देखि मनोजसंग सुस्मिताको अफेएयर सुरु भएको बुझिएको छ। हाल बालुवाटरमा एक्लै बस्दै आएकी सुस्मितासंगको कोट म्यारिजको बारेमा मनोजको पत्नीलाई पनि थाहा भएको स्रोत बताउछ।

स्रोत भन्छ, ''सुस्मितासंगको अफेएयर मनोजको बुढीलाई पनि थाहा छ, तर थाहा भएर मात्र के गर्नु कोट म्यारिज नै भईसक्यो।'' हाल ललितपुर स्थित ईमाडोलमा बस्दै आएका सिंहले कोट म्यारिज पूर्व सुस्मिताको एकल निवास बालुवाटारमा धेरै रात पनि बिताएको स्रोत बताउछ। मनोजलाई लाजिम्पाट, रानिबारी स्थित भोजपुरे खाजा घरबाट ब्यूरोले समातेको थियो। सिंहले बेलायत पठाईदिन्छु भन्दै २२ जनासंग प्रति ब्यक्ति चार लाखदेखि ८ लाखका दरले लिएको, यसैगरी नेपाल प्रहरीमा जागिर लगाईदिन्छु भनी ३२ जनासंग ५० देखि ८० हजार लिएको साथै नेपाल आर्मीमा पनि जागिर लगाईदिने भन्दै १२ जनासंग ५० हजार देखि ३ लाखसम्म लिएको लगायत नक्कली भिसा तयार गरिदिन्छु भन्दै लाखौ रकम ठगी गरेको ब्यूरोले जनाएको छ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment