kailali

Sunday 2 September 2012

बिर्स्यो होला नसोच्नु,भुलेको छैन मैले
छाती भित्र अरु कोहि,हुलेको छैन मैले

दिईरह्यौ सुवास यो,काँडामा फुले पनि
भमरा झैँ डाली डाल, डुलेको छैन मैले


टाढिएर बस्नु पर्दा,दु:खीछु भित्र भित्र
खुसी हुदै हिमालझैँ,खुलेको छैन मैले

नियतिले छुटाउँदा,जिबन आधा आधा
झर्न खोजे कोपिलामै,फुलेको छैन मैले  
 


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment