kailali

Sunday 2 September 2012


दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘मेरो जीवन साथी’ रिलीजको तयारीमा रहेको छ । चलचित्रमा कलाकारहरुले जीवनसाथीको खोजी गरेका छन् ।
तर छायांकनकै समयमा चलचित्रसँग आवद्ध विभीन्न ५ जनाले वास्तवीक जिवनमै जीवनसाथी खोजेका छन् । निर्देशक भट्टराईका अनुसार ४५ दिनको छायांकन अवधीमा ५जनाले बिहे गरी जीवनसाथी जुराएका हुन् ।
चलचित्रको छायांकनको क्रममा छायांकार रामेश्वर कार्कीको बिहे भएको थियो । यस्तै चलचित्रका लेखक सामिप्य तिमिल्सिनाले पनि विहे गरेका थिए । चलचित्रमा हेयर ड्रेसरको काम समालेकी स्मृतिले मुख्य सहायक निर्देशक दिनेश रावतसँग विहे गरेकी थिईन् ।  ‘मेरो जीवन साथी’ को सम्पादन गरीरहेका नविन निरौलाले पनि सोही समयमा विहे गरेका थिए ।
निर्देशक भट्टराईले चलचित्रबाट प्रेरीत भएर ५ जनाले जीवन साथी खोजेको समय आफैमा रमाईलो भएको अनुभव सुनाए । उनले दर्शकले पनि सिनेमाको कथावस्तु र प्रस्तुतीलाई मन पराउने दाबी गरे ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment