<<सुटुक्क एक घण्टा बाबुरामको मनमोहनसँग भेट>>
प्रधानमन्त्री बाबुराम भट्टराई र भारतीय समकक्षी मनमोहन सिंहबीच द्विपक्षीय हितका विषयमा छलफल भएको छ। इरानको राजधानी तेहरानमा असंलग्न राष्ट्रहरूको संगठन (नाम) को १६ औं शिखर सम्मेलनमा भाग लिने क्रममा दुई नेताबीच बिहीबार भेटवार्ता भएको हो।
दुई देशका प्रधानमन्त्रीबीच भएको एक घन्टा लामो भेटवार्ताबारे परराष्ट्र मन्त्रालय बेखबर छ। सम्मेलनमा सहभागी हुन तेहरान पुगेका परराष्ट्र पदाधिकारीले बिहीबार अबेर भएको दुई प्रधानमन्त्रीको भेटबारे शुक्रबार मात्र थाहा पाएका थिए।
'प्रधानमन्त्री भट्टराईले भारतीय समकक्षीसँग भेट गर्नुभयो रे भन्नेबारे अनलाइन न्युज पढेर थाहा भयो, सिंहसँग भेट गरेकोबारे राष्ट्रिय समाचार समाचार समिति (रासस) ले प्रधानमन्त्री भट्टराईलाई उद्धृत गरेर समाचार लेखेको रहेछ,' सम्मेलनमा सहभागी हुन तेहरान पुगेका परराष्ट्र मन्त्रालयका एक सदस्यले टेलिफोनबाट नागरिकसँग भने, 'सम्मेलनमा सहभागी हुन आएका परराष्ट्रका कर्मचारीलाई दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको जानकारी छैन।'
नामको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री भट्टराई बुधबार १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तेहरान गएका थिए। सम्मेलनमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रसचिव दुर्गाप्रसाद भट्टराई, प्रधानमन्त्री कार्यालयका सचिव जयमुकुन्द खनाललगायत थिए।
सम्मेलनमा सहभागी ती सदस्यका अनुसार परराष्ट्रले भट्टराई र सिंहबीच बिहीबार बिहान भेटवार्ता गर्ने समय तय गरेको थियो। सुरुमा स्थानीय समयअनुसार बिहान १० बजे दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता गर्ने समय तय गरिएको थियो। नाम सम्मेलनको उद्घाटन र भेटवार्ताको समय लगभग सँगै भएपछि भेटवार्ता आधा घण्टा अघि सार्ने सहमति भएको थियो।
समय आधा घण्टा अघि सारे पनि इरानले 'सुरक्षा संवेदनशीलता' प्रति सजग हुन भनेपछि दुई देशका प्रधानमन्त्रीबीच हुने भनिएको भेटवार्ता स्थगन गरिएको थियो। त्यसपछि प्रधानमन्त्री भट्टराईसँगै नेपाली प्रतिनिधिमण्डल सम्मेलनको उद्घाटनमा सहभागी हुन तेहरानस्थित 'समिट हल' पुगेका थिए। सम्मेलनमा भाग लिन पुगेका सबै देशका नेता हलमा उपस्थित थिए। समिट हल नामको १६ औं शिखर सम्मेलनको लागि इरानले निर्माण गरेको हो।
'हामी त सम्मेलनमा सहभागी थियौं, प्रधानमन्त्रीले कतिखेर गएर भारतीय समकक्षीलाई भेट्नु भएछ थाहै भएन,' सम्मेलनमा सहभागी परराष्ट्रका ती सदस्यले आश्चर्य प्रकट गरे, 'परराष्ट्रले तय गरेको समयमा सुरक्षाका कारण भेट भएन, पछि दुई प्रधानमन्त्रीको भेटघाट कहाँ गर्ने र कुन बेला गर्ने भन्ने कसले तय गर्यो परराष्ट्रका पदाधिकारीलाई थाहा छैन।'
सरकारी समाचार संस्था राससले भने प्रधानमन्त्री भट्टराई र भारतीय समकक्षी सिंहबीच बिहीबार अबेर सम्मेलनस्थलकै लबीमा एक घण्टाभन्दा बढी समय द्विपक्षीय हितबारे छलफल भएको उल्लेख गरेको छ। राससले दुई प्रधानमन्त्रीबीच 'वान-अन-वान' (एक्ला-एक्लै) भेटवार्ता भएको जनाएको छ।
'दलहरू मिलेर अगाडि बढ्नु नै नेपालको हितमा रहेको र वर्तमान सरकारले चालिरहेको कदमप्रति उहाँ (भारतीय प्रधानमन्त्री)ले खुसी व्यक्त गर्नुभएको छ,' भेटवार्तापछि प्रधानमन्त्री भट्टराईले दिएको प्रतिक्रिया उद्धृत गर्दै राससले तेहरानबाट लेखेको छ।
सहभागी परराष्ट्रका एक सदस्यका अनुसार भेटवार्ता नेपालको तर्फबाट मात्र 'वान-अन-वान' भएको हो। भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री भट्टराई मात्र उपस्थित भए पनि भारतीय तर्फबाट भने समकक्षी सिंहका साथमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाईलगायत विदेश मन्त्रालयका अन्य सदस्य थिए।
'मनमोहन सिंहसँग भेटेको खबर अनलाइनबाट थाहा पाएपछि हामीले भेटवार्ताका समयमा क-कस्को उपस्थिति थियो भन्ने बुझेका थियौं,' सम्मेलनमा सहभागी परराष्ट्र ती सदस्यले भने, 'हाम्रो तर्फबाट प्रधानमन्त्री एक्लै जानु भएको रहेछ, भारतका तर्फबाट भारतीय प्रधानमन्त्री सिंहका साथमा विदेश मन्त्रालयका पदाधिकारी पनि सहभागी रहेछन्।'
सहभागी ती सदस्यका अनुसार प्रधानमन्त्री भट्टराईले भारतीय समकक्षीसँगको भेटमा तेहरानमै रहेका आफ्नै पार्टीका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत लगेका थिएनन्।
'छिमेकी देशको प्रधानमन्त्रीसँग भेट्दा साथमै रहेका परराष्ट्रमन्त्रीलाई छोड्न हुँदैनथ्यो, यस्तो किसिमको भेटघाटले आफ्नै परराष्ट्रमन्त्री प्रति प्रधानमन्त्रीको विश्वास रहेनछ भन्ने देखाउँछ,' ती सदस्यले असन्तुष्टि जनाए, 'हाम्रो प्रधानमन्त्री एक्लै बस्ने, उनीहरूको भने सबै जना। द्विपक्षीय भेटवार्ता भन्ने तर व्यक्तिगत रूपमा भेट्ने। यस्तो हो परराष्ट्र मन्त्रालय किन चाहियो? दुई प्रधानमन्त्रीबीच भएको छलफलको रेकर्ड कसले राख्छ? फलोअप कसले गर्छ? देशको हितको लागि यो राम्रो होइन।'
भारतीय प्रधानमन्त्री सिंहले पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए। पाकिस्तानका राष्ट्रपति जर्दारीले ३० मिनेट भेटवार्ताका समयमा आफ्ना गृहमन्त्री रेहमान मलिक, विदेशमन्त्री हिना रब्बानी खरलगायत अन्य विदेश मन्त्रालयका पदाधिकारीलाई राखेका थिए। बंगलादेशकी प्रधानमन्त्री वाजेदले सिंहसँगको ४० मिनेट लामो भेटमा आफ्नो देशका प्रतिनिधिमण्डललाई सँगै राखेकी थिइन्।
प्रधानमन्त्री भट्टराईले शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, इरानका राष्ट्रपति मोहम्मद अहमदिअहमदिनेजाद र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग भेट गरेका थिए।
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:
Post a Comment