kailali

Saturday 1 September 2012

म भिखारी भै सकेसी , दान माग्न आयौ तिमी
जली सक्या जिन्दगीको, सान माग्न आयौ तिमी

बेइज्जत भइ समाज बाट ,
बहिस्कारी भको बेला
बदनामी यो मान्छे सँग, सम्मान माग्न आयौ तिमी

बर्षौं भा ' छ घामको प्रकास,
मेरो आंगमा नपरेको
उज्यालोको किरण छर्ने, बिहान माग्न आयौ तिमी
आँशु को यो सागर भित्र,

डुब्या बेला मेरो जीवन
गुलाबी ति ओठ भरी, मुस्कान माग्न आयौ तिमी

"राजा" को यो नामको अघि, खाते नाम जोडिएसी
झोली थापी मेरो नामको, सन्तान माग्न आयौ तिमी

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment