kailali

Saturday 1 September 2012

मुटु चिर्ने खुकुरीको धार, भेटेँ जता ततै /
थेग्नै गाह्रो हुने गरि, मार भेटेँ जता ततै //

जिन्दगिमा निरन्तर लक्ष्य पुरा गर्छु भन्दा,
खुट्टा रोप्ने तिखा तिखा, तार भेटेँ जता ततै //

महान मान्छे बन्नलाइ यात्रा सुरु गरेको त,
तारै तारले बेरिएको , बार भेटेँ जता ततै //

साहाराको खाचोँ पर्दा साथ छोडे आफन्तले,
मान्छे पनि पृथिबीको, भार भेटेँ जता ततै //

कम्जोरिको मौका छोप्दै नियतिले ठगेपछि,
आफै भित्र लज्जास्पद, हार भेटेँ जता ततै // 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment