kailali

Sunday 9 September 2012

सबैभन्दा धेरै जँड्याहा एशियामा




अरु कुराले पछाडि रहेपनि एशियालीहरु रक्सी खाने मामिलामा भने युरोप तथा अमेरिकीभन्दा पनि अघि रहेको पाइएको छ । एक नयाँ अध्ययनले एशिया महादेशले रक्सी खपतको आँकडामा विश्वका अरु महादेशलाई निकै पछि छाडेको देखाएको छ ।
यूरोमनिटर नामको संस्थाले गरेको अध्ययन अनुसार प्रतिव्यक्ति खपतको हिसाबले नभइ कुल खपतको हिसाबले एशियालीहरु सबैभन्दा जँड्याहाको पहिलो नम्बरमा परेका हुन् । तर प्रतिव्यक्ति रक्सी खपतको हिसाबले भने युरोपेली मानिसहरु अगाडि छन् । विश्वमा प्रतिव्यक्ति सबैभन्दा बढि रक्सी खपत गर्नेमा चेक रिपब्लिकका जनता एक नम्बरमा पर्छन् । त्यहाँका हरेक मानिसले वर्षमा औषतमा १ सय ७४ लिटर रक्सी खान्छन् । दोश्रो नम्बरमा आयरल्याण्ड रहेको छ भने पहिलो दश मध्ये ८ स्थानमा युरोपेली देशले नै कब्जा जमाएका छन् ।
एशियाली देशको कुरा गर्दा प्रतिव्यक्ति रक्सी खपतको हिसाबले जापान एक नम्बरमा छ । एक जना जापानीले एक वर्षमा औषतमा ६४ लिटर रक्सी खान्छ ।
सायद जनसंख्या पनि धेरै भएर होला एसिया महादेशले रक्सीको कुल खपतको हिसाबमा सन् २००७ मै अरु महादेशलाई पछाडि पारेको हो । उक्त संस्थाका अनुसार सन् २०११ मा मात्रै एसियाका मान्छेहरुले ६७ अर्ब लिटर रक्सी खाए । जबकी सो एक वर्षमा अमेरिकनहरुले ५७ अर्ब तथा युरोपेलीहरुले ५१ अर्ब लिटर रक्सी सिध्याए ।
उक्त संस्थाका अनुसार युरोपेली तथा अमेरिकी देशहरुमा आर्थिक मन्दीका कारण पनि रक्सीको खपतमा कमी आइरहेको छ । तर एसियाली देशहरुमा भने रक्सीको खपत बढिरहेको पाइएको छ । आगामी ४ वर्षसम्म एशिया प्रशान्त क्षेत्रमा रक्सीको खपत ४.८ प्रतिशतले बढ्ने अनुमान छ ।
स्मरण रहोस् विश्वमा सबैभन्दा बढी वियर उत्पादन गर्ने देश पनि एशियाली मुलुक चीन हो । चीनले हरेक वर्ष झण्डै ४४ अर्ब लिटर बियर उत्पादन गर्छ । जबकी अमेरिकाले २३ अर्ब, ब्राजिलले १२ अर्ब तथा रुसले १० अर्ब लिटर बियर उत्पादन गर्ने गरेको छ ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment