kailali

Monday 10 September 2012

राजेश हमालको बैनीको निधन


नायक राजेश हमालले धर्म बैनी मान्दै आएकी मैनाको निधन भएको छ । उनको सोमबार बिहान १ बजे निधन भएको हो । निमोनियाबाट पिडित मैनाको शंकरापुर अस्पताल जोरपाटीमा निधन भएको हो ।
उनको सोमबार नै दाहासंकार गरिएको छ ।  चलचित्र ‘अपराध’ को छायांकनमा भेटेपछि हमालले मैनालाई धर्मबैनी बनाएका हुन् । हमालले १८ बर्षदेखि तिहारमा मैनाको हातबाट टिका लगाउँदै आएका थिए । यस्तै आफ्नो हरेक जन्मदिन पनि हमालले मैनाकै साथमा मनाउने गर्दथ्य । शारिरीक रुपमा कमजोर रहेकी मैनालाई हमालले खुबै ख्याल राख्ने उनका सहयोगी चिरञ्जिवी आचार्यले बताए ।
डब्लु.डब्लु.एफको कार्यक्रमका लागी नेपालगञ्ज पुगेकाले हमालले मैनालाई श्रद्धाञ्जली दिन पाएनन् । मैनाको निधनले हमाल चिन्तित बनेको सहयोगी आचार्यले बताए । आफु नेपालगञ्जमा भएकाले आउँन नपाएको जानकारी गराईदिन राजेशले चिरञ्जिवीलाई भनेका थिए ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment