kailali

Tuesday 11 September 2012

नेपालद्वारा अफगानिस्तान ७-१ ले पराजित सेमिफाइनलमा श्रीलंकाको सामना गर्ने

२७ भदौ, काठमाण्डौं । श्रीलंकामा जारी दोस्रो साफ च्याम्पिएनसिप महिला फुटबलमा नेपालले लगातार तेस्रो जीतसंगै समूह विजेता वन्दै सेमिफाइनल प्रवेश गरेको छ । वुधवार भएको खेलमा नेपालले अफगानिस्तानलाई ७-१ गोल अन्तरले पराजित गर्यो ।
नेपाललार्इ जित दिलाउन नीरु थापाले खेलको पाँचौ र पहिलो हाफको इन्जुरी समयमा गरी दूर्इ गोल गरिन । यस्भतै कप्तान जमुना गुरुङले खेलको १९ औ मिनेटमा अर्को गोल थपिन ।त्यस्तै साजना रानाले खेलको ४७ औँ र ७२ औँ मिनेटमा दुई गोल गरिन । साथै अनु लामाले खेलको ६९ र ८९ औ मिनेटमा गोल थपिन । अफगानिस्तानका लागि सान्तोना गोल खेलको पहिलो हाफको ४२ औँ मिनेटमा मर्जनले फर्काइन ।
लगातार तेस्रो जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रबेश गरेको हो । अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार श्रीलंकाको सामना गर्ने छ । समूह ए बाट भारत र घरेलु टिम श्रीलंका सेमीफाइनलमा पुगिसकेका छन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment