kailali

Tuesday 11 September 2012

जुर्यो शाहरुख र कटरिनाको फिल्मको नाम


अन्ततः शाहरुख खान र कटरिना कैफ अभिनित यश चोपडाको पछिल्लो फिल्मको नाम जुरेको छ । छायांकनकै क्रममा रहेको यो फिल्मको नाम र पोष्टर मंगलबार सार्वजनिक गरिएको हो । उक्त फिल्मको नाम जब त हे जान राखिएको छ भने यसको पोष्टरमा दाह्रीवाल शाहरुख सैनिक भेषमा देखिएका छन् । साथै शाहरुखको कटरिनाको प्रेमालापको दृश्य पनि पोष्टरमा समावेश गरिएको छ ।
जब तक हे जानमा शाहरुख र कटरिना सँगै अनुश्का शर्माको पनि अभिनय रहेको छ । यश चोपडाले ८ वर्षपछि निर्देशकको रुपमा पुनरागमन जनाएको यो फिल्म त्रिकोणीय प्रेम कथामा आधारित रहेको बताइन्छ ।
यो फिल्ममा ओस्कार विजेता संगीतकार एआर रहमानको संगीत रहेको छ । यो फिल्ममा शाहरुख दोहोरो भूमिकामा रहने छन् भने कटरिनालाई अप्राप्य सुन्दरीको रुपमा प्रस्तुत गरिएकी छिन् ।
पछिल्लो फिल्मको नाम जब तक हे जान राखेर ८० वर्षे निर्देशक चोपडाले गीतको बोलबाट फिल्मको नाम राख्ने आफ्नो परम्परालाई निरन्तरता पनि दिएका छन् । स्मरण रहोस् जब त हे जान कुनै बेलाको सुपरहिट फिल्म शोले को हिट गीत हो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment