kailali

Thursday 13 September 2012

गिनिज बुकका पछिल्ला अनौठा किर्तिमान (फोटोफिचर सहित)

विश्वमा दिनदिनै नयाँनयाँ किर्तिमान बन्छन् र पुराना किर्तिमान तोडिन्छन् । हिम्मतीहरु ज्यान जोखिममा राखेर पनि रेकर्ड कायम गर्न कस्सिन्छन् । हामीले यहाँ गिनिज बुकको पछिल्लो अंकमा नाम समावेश गर्न सफल केही किर्तिमानी व्यक्तिहरुलाई तस्वीर सहित प्रस्तुत गरेका छौँ ।
१.सबैभन्दा मोटा पाखुरा : अमेरिकाका मुस्ताफा इस्माइल विश्वमा सबैभन्दा सुगठित वा मोटा पाखुरा अर्थात् बाइसेप हुने व्यक्ति बनेका छन् । यी २४ वर्षे पहलमानका पाखुराको गोलाई ३१ इन्च छ । उनले १० वर्षको अथक प्रयासपछि यस्ता पाखुरा बनाएका हुन् । उनका यी पाखुरा सामान्य मान्छेको टाउकोको गोलाई भन्दा ठूला छन् ।
२. सबैभन्दा वजनदार खेलाडी : बेलायतकी सुमो रेसलर शरान अलेक्जेन्डर विश्वको सबैभन्दा वजनदार खेलाडी हुन् । उनको तौल २०३.२१ किलो छ ।
३. विश्वको सबैभन्दा अग्लो घोडा : बेल्जियन प्रजातिको बिग जेक नामको यो घोडा ७ फिट अग्लो छ । अमेरिकाको विस्कन्सिनमा रहेको यो घोडा ९ वर्षको छ ।
४.सबैभन्दा होँचो बाच्छो : उत्तरी आयरल्याण्डको एन्टि्रममा रहेको आर्की नामको यो कालो बाच्छोको उमेर २९ वर्ष हो भने यसको उचाइ जम्मा ३० इन्च मात्र छ ।
५. सबैभन्दा अग्लो कुकुर : अमेरिकाको मिचिगनस्थित डेनिज डुर्लागले पालेको ग्रेट डेन जियस नामको यो कुकुर ७ फिट ४ इन्च अग्लो छ । ३ वर्षको यो कुकुर विश्वको सबैभन्दा अग्लो कुकुर हो ।
६. सबैभन्दा धेरै गुडिया संकलन गरेर जर्मनीकी बेटिना डोर्फम्यानले किर्तिमान कायम गरेकी छिन् । यी ५२ वर्षे महिलाले सन् १९९३ देखि यता १५ हजार गुडिया किनेर घरमा थुपारेकी छिन् । ती खेलौनाले एउटा कोठा पूरै भरिएको छ ।
७. जापानका हेयर डिजाइनर काजुहिरो वातातावेले सबैभन्दा लामो तिखे कपाल बनाएर किर्तिमान कायम गरेका छन् । जेल लगाएर ठाडो पारिएको उनको कपाल ३ फिट ८ इन्च अग्लो छ ।
८. सबैभन्दा तिब्र गतिको भेँडा : जिप्पी लाम्बर्गिनी नामको यो बेलायती भेँडाले अहिलेसम्म दौडेका १७९ दौडमध्ये १६५ दौड जितेको छ ।
यी बाहेक जापानका विद्यार्थीले बनाएको सबैभन्दा होँचो ४५.२ सेन्टिमिटर अग्लो कार तथा सबैभन्दा धेरै ३९,४३७ विद्यार्थी भएको भारतको लखनउ स्थित सिटी मन्टेश्वरी स्कुल पनि पछिल्लोपटक गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment