kailali

Thursday 13 September 2012

गुपचुप झ्याइँ पार्ने बलिउडका हिरोइनहरु

बलिउडमा दुनियालाई पत्तो नदिइकन लगनगाँठो कस्ने अभिनेत्रीहरु धेरै छन् । त्यस्ता अभिनेत्रीहरुमध्ये धेरैको लभ चक्करको गाइँगुइँ त सुनिएकै हुन्छ । तर बिहे भएको कुरा भने लामो समयपछि मात्र पत्तो पाउँदा फ्यानहरु छाँगाबाट खसेझैँ हुन्छन् ।
अघिल्लो वर्ष यस्तै गुपचुप बिहे गरेर अभिनेत्री सेलिना जेटलीले सबैलाई छक्कै पारेकी थिइन् । बिहे गरेको एक महिनापछि मात्र उनले टि्वटर मार्फत आफुले ब्यायफ्रेन्ड पिटर हेगलाई जिवनसाथी बनाएको सार्वजनिक गरेकी थिइन् ।
सेलिना मात्र यसो गर्ने पहिलो तरुनी होइनन् । त्यसअघि जूही चावलाले त झन् जय मेहेतासँग बिहे गरेर पनि नगरेको भनेर ढाँटिन् । तर जब उनी गर्भवती भइन् तब मात्र थाहा भयो की उनी मेहेताको बाहुपासमा परिसके छिन् ।
बलिउडमा गुपचुप बिहे गर्नेमा अभिनेत्री अमृता सिंह पनि पर्छिन् । भलै अभिनेता सैफ अली खानसँगको बिहे बन्धन धेरै टिक्न सकेन । तर उनले परिवारको विरोधका बाबजुत आफुभन्दा ८ वर्ष जेठा सैफसँग गोप्य विवाह गरेकी थिइन् ।
सन् १९५५ मा गीता बालीले बलिउडमा संघर्ष गरिरहेकी थिइन् । त्यसबेला उनीभन्दा एक वर्ष जेठा शम्मी कपूर पनि बलिउडमा चम्किँदै थिए । एक अर्काको मन मिलेपछि गीता र शम्मी घरबाट भागे र मन्दिरमा गएर गोप्य रुपमा विवाह गरे ।
बलिउडमा गुपचुप बिहे गर्नेमा हेमा मालिनी पनि एक हुन् । उनले दुइ बच्चाका बाउ बनिसकेका धर्मेन्द्रसँग गोप्य रुपमा बिहे गरेकी थिइन् ।
बलिउडमा रानी मुखर्जीले पनि गुपचुप बिहे गरेको हल्ला चलिरहेको छ । यदि फेहरिस्त नै प्रस्तुत गर्ने हो भने यी मात्र होइनन् अरु धेरै नै छन् जसले गुपचुप बिहे गरेर लामो समयसम्म बिहे नगरेको भनेर दुनियालाई ढाँटे । तर ढाँटेर कतिञ्जेल सम्म चल्थ्यो र ? आखिर सही कुरो दुनियालाई थाहा भैहाल्यो । हरे भगवान, बिहे जस्तो शुभ कुरा पनि किन ढाँट्नु परेको होला ?


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment