kailali

Saturday 8 September 2012

आमा,

हजुरलाई छोडी आए आमा, प्रदेशको यो ठाउँमा ,
मै गरिबको मर्म बुझेनन् कसैले, आफ्नै त्यो गाउँमा ,

निष्ठुरी रहेछन् दुनियाँ आमा, अहिले पो बुझ्दैछु ,
यही निष्ठुरी दुनियाँ संग, साहस जुटाई जुध्दैछु ,

मेरा यहाँ खाडीको बिचमा, बाँच्ने दिनहरु घट्दैछ ,
साहु संग लिएको, ऋणको ब्याज दिनहुँ बढ्दैछ ,

कस्तो रहेछ, मेरो जीवन, सधै दु:ख मै बित्ने होकी ?
डर लाग्छ यो शरीर पनि यही माटोमा मिट्ने होकी ? 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment