kailali

Saturday 8 September 2012


श्रीलंकामा जारी दोस्रो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । उपाधि जित्ने लक्ष्यका साथ कोलम्बेा पुगेको नेपालले आज भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ८-० गोल अन्तरले पराजित गरेको छ ।

सीआर एन्ड एफसी मैदानमा भएको खेलमा नेपालले पाकिस्तानमाथि गोलको वषर्ा नै गरेको थियो । नेपालका लागि कप्तान जमुना गुरुङ एक्लैले ५ गोल गरिन् भने अनु लामाले २ तथा दीपा अधिकारी र र सजना रानाले समान १-१ गोल गरिन् ।

समूह बीमा रहेको नेपालले समूह चरणमा माल्दिभ्स र अफगानिस्तानको सामना गर्नु पर्नेछ । प्रतियोगिता अन्तर्गत आजै हुने अर्को खेलमा अफगानिस्तानले माल्दिभ्सको सामना गर्नेछ ।


सीआर एन्ड एफसी मैदानमा कप्तान जमुना गुरुङ एक्लैले चार गोल गरिन् । उनले ३७ औं मिनेटमै ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो साफमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनले नेपालको लागि हालसम्म २१ गोल गरिसकेका छन् । यो गोल संख्या नेपाली फुटबलरले गरेको हालसम्मकै सर्बाधिक हो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment