kailali

Thursday 6 September 2012

सारकै पहिलो इलेक्ट्रिक सुपर कार यस्तो..

दिनानुदिन पेट्रोलको भाउ बढ्दै जान थालेपछी अब कार बनाउने कम्पनीहरूको ध्यान विद्युतिय कार बनाउने तर्फ मोडिएको छ । धेरै कार कम्पनीहरू पेट्रोलको विकल्पमा इलेक्ट्रिक कारको निर्माणमा लागेका छन् । यसैक्रममा रिमेक अटोमोबाइल कम्पनीले विश्वको पहिलो इलेक्ट्रिक सुपर कारको निर्माण गरेको छ ।
उक्त कम्पनीद्धार निर्मित सुपर कारले १ हजार ८८ हर्सपावरको उत्पन्न गर्न सक्छ । यो कार मात्र २.८ सेकेण्डमा ० किमीप्रतिघण्टाबाट ६० किलोमिटर प्रतिघण्टामा दौडन सक्छ भने यो कार प्रतिघण्टा १ सय ९० किलोमिटरको गतिमा दौडन सक्छ । यो कारमा विद्युतिय शक्ति उत्पन्न गर्न तिथियम आइरन फोस्फेटको प्रयोग गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी निर्देशकका अनुसार यो कार बनाउनका लागी कम्पनीले धेरै वर्ष मेहेनत गरेको थियो ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment