kailali

Thursday 6 September 2012

अर्धनग्न थियौ मलाई नाङगो बनायौ ।
सिधा हुँदा तिमीले मलाई बाङ्गो बनायौ ॥

बैशाखी त दिएकै हो हारें मैले तिम्रो लागी ।
दुनियाँको आँखाअघी उदाङ्गो बनायौ ॥

सहारा दिन्छु भनी मलाई बेसहारा पारी ।
भान्च्यौ खुट्टा दुवै मलाई अपांगो बनायौ ॥

मसंग त शरीर मात्र मन मुटु तिमीसित ।
इमान्दारी बन्न खोंजे लफङ्गो बनायौ ॥


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment