kailali

Thursday 6 September 2012

बाह्रमासे फूल बनि फुलें र त भमरा धाए!
यौवनको तरंगमा झुलें र त भमरा धाए!

जिन्दगीको बगैंचामा फक्रिएको यौवन बनि
इन्द्रेणीको रंग सरि खुलें र त भमरा धाए!!

...त्यागिवरी बालपन जवानीको सत्कार गर्न
समयको चक्र संगै घुलें र त भमरा धाए!!

प्रकृतिको रीत मान्दै सत्य तथ्य ग्रहण गरि
हाँसो आँशु एकै साथ तुलें र त भमरा धाए!!

सोह्र पुगी सत्र टेक्न लम्किएको जोवन संगै
चल्चले यो जवानीमा भुलें र त भमरा धाए!!

जति पियो पिउँ लाग्ने जवानीको अतृप्त रस
मायाँ प्रेम हृदयमा हुलें र त भमरा धाए!!


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment