kailali

Thursday 6 September 2012

तिम्रो , मेरो मिलन पुरा होला जस्तो छैन
बढ्यो दुरी झन्झन पुरा होला जस्तो छैन

यौटा ताक्ने पश्चिम अर्को पुर्ब दोसाँधमा
अल्झ्यो बाचा बन्धन पुरा होला जस्तो छैन
...
अर्ति दिंदा तिम्लाई जर्ती हुने हुँदा उल्टै
हुन्न क़ुरा मनन पुरा होला जस्तो छैन

हरेक् पल मनमा बोकी शंका उपशंका
धड्की रा'छ धड्कन पुरा होला जस्तो छैन

भए पनि साथमा संगै हुँदा वैमनस्यता
बढ्दै छ याँ तड्पन पुरा होला जस्तो छैन


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment