kailali

Thursday 6 September 2012

नेपालले लगातार तेस्रो जित


 आईसीसी वर्ल्ड क्रिकेट डिभिजन फोरमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । विहीवार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । जितसँगै ३ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा रहेको नेपालको फाइनल प्रवेशको सम्भावना बलियो भएको छ ।

मलेसियाले प्रस्तुत गरेको ७० रनको लक्ष्य नेपालले १२ दशमलव २ ओभरमा विकेट नै नगुमाई भेट्टायो । नेपालका ओपनरद्धय अनिल मण्डल ४० र सुभास खकुरेल २४ रनमा अविजित रहे । यसअघि सेलाङ्गर टर्फ क्लबको मैदानमा टस जितेर व्याटिङ थालेको मलेशियाले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ६९ रन बनायो । नेपाली बलरहरुको कसिलो बलिङका सामू निरिह देखिएका मलेशियाका व्याट्सम्यानले खुलेर व्याटिङ गर्न सकेनन् ।

उसका लागि सफिग सारिफले २२ रन बनाउनु बाहेर अन्यले सम्झनालायक प्रर्दशज गर्न सकेनन् । नेपालका शक्ति गौचनले १० ओभरमा ८ मेडन राख्दै २ रन दिएर ३ विकेट लिए भने बसन्त रेग्मीले १२ रन दिएर ३ विकेट हात पारे । यस्तै अमृत भट्टरनाईले २ तथा संजम रेग्मी र विनोद दासले समान १-१ विकेट हात पारे । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले र दोस्रो खेलमा तान्जनियालाई ८ विकेटले पराजित गरेको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment